दफा १८
पद रिक्त हुने अवस्था

१८. पद रिक्त हुने अवस्थाः

देहायको अवस्थामा उपाध्यक्ष तथा सदस्यको पद रिक्त हुनेछः–

(क) निजको पदावधि पूरा भएमा,
(ख) निजले नेपाल सरकार समक्ष आफ्नो पदबाट राजीनामा दिएमा,
(ग) दफा १७ को उपदफा (३) बमोजिम नेपाल सरकारले हेरफेर गरेमा,
(घ) निजमा दफा ४ बमोजिमको योग्यता कायम नरहेमा, वा
(ङ) निजको मृत्यु भएमा ।