दफा १५
पद सङ्ख्या निर्धारण
(१) आयोगले सङ्घीय निजामती सेवाको रिक्त पद पूर्ति गर्दा त्यस्तो सेवाको शर्त सम्बन्धी कानूनमा उल्लेख भएको प्रतिशत बमोजिम खुला प्रतियोगिता, बढुवा वा त्यस्तो कानूनमा उल्लेख भए बमोजिमको अन्य तरिकाद्वारा पूर्ति गरिने पदसङ्ख्या निर्धारण गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम आयोगले खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने गरी पदसङ्ख्या निर्धारण गर्दा सेवाको शर्त सम्बन्धी कानूनमा उल्लेख भए बमोजिम समानुपातिक समावेशी सिद्वान्त बमोजिम हुने गरी निर्धारण गर्नु पर्नेछ ।