दफा १३
पदपूर्ति समितिको गठन
(१) प्रतिष्ठानको शिक्षक तथा कर्मचारीको नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्न एक पदपूर्ति समिति रहनेछ ।
(२) पदपूर्ति समितिमा देहायका सदस्यहरु रहनेछन्ः–
(क) सभाले तोकेको व्यक्ति –अध्यक्ष
(ख) लोक सेवा आयोगको सचिव वा निजले तोकेको प्रतिनिधि –सदस्य
(ग) शिक्षकहरूमध्ये कार्यकारी परिषद्ले नियुक्ति गरेको एकजना –सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्य–सचिवको पदावधि चार वर्षको हुनेछ ।
(४) पदपूर्ति समितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(५) पदपूर्ति समितिको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।