दफा ३४
पदबाट हटाउने
(१) कुलपतिले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरूपको आचरण नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेको भनी प्रमाण सहित विश्वविद्यालय परिषद्मा तत्काल कायम रहेका एक तिहाई सदस्यले अध्यक्ष समक्ष लिखित निवेदन दिन सक्नेछन्।
(२) उपदफा (१) मा उल्लिखित कुनै काम गरेको भनी रजिष्ट्रारलाई पदबाट
हटाउन कुलपतिले विश्वविद्यालय परिषद्मा सिफारिस गर्न सक्नेछ।
(३) उपदफा (१) बमोजिम प्राप्त निवेदन वा उपदफा (२) बमोजिम कुलपतिको सिफारिस उपर छानबिन गर्न एक्काईस दिनभित्र विश्वविद्यालय परिषद्ले आफ्ना सदस्यहरू मध्येबाट तीन सदस्यीय छानबिन समिति गठन गर्नेछ।
(४) उपदफा (३) बमोजिमको छानबिन समितिले छानबिनको क्रममा सम्बन्धित विज्ञहरूको समेत सहयोग लिन सक्नेछ।
(५) उपदफा (३) बमोजिमको छानबिन समितिले छानबिन गर्दा कुलपति वा रजिष्ट्रारले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरूपको आचरण नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेको देखिएमा पदबाट हटाउन विश्वविद्यालय परिषद् समक्ष सिफारिस गर्नेछ। त्यस्तो सिफारिस छानबिन सम्बन्धी कार्य प्रारम्भ गरेको मितिले एक महिनाभित्र गरिसक्नु पर्नेछ।
(६) उपदफा (५) बमोजिम सिफारिस प्राप्त भएको मितिले साढी दिनभित्र विश्वविद्यालय परिषद्को तत्काल कायम रहेका बहुमत सदस्यले कुलपति वा रजिष्ट्रारलाई पदबाट हटाउने सम्बन्धमा निर्णय गर्नु पर्नेछ।
तर त्यसरी पदबाट हटाउने निर्णय गर्नु अघि विश्वविद्यालय परिषद्ले निज उपर लागेको आरोपको सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(७) उपदफा (५) बमोजिम पदबाट हटाउन सिफारिस गरेको मितिदेखि सोको अन्तिम निर्णय नभएसम्मका लागि कुलपति वा रजिष्ट्रार आफ्नो पदबाट स्वतः निलम्बन हुनेछ।
(८) कुलपति वा रजिष्ट्रार निलम्बन भएको अवस्थामा निजले सम्पादन गर्ने कामको लागि विश्वविद्यालय परिषद्ले व्यवस्था गरे बमोजिम हुनेछ।