दफा १६
पदबाट हटाउने
(१) अध्यक्षले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरुपको आचरण नगरेको, इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेको भनी प्रमाण सहित संरक्षक समितिमा तत्काल कायम रहेका एक तिहाई संरक्षकले सभापति समक्ष लिखित निवेदन दिन सक्नेछन् ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त हुन आएमा त्यस्तो निवेदनउपर छानविन गर्न एक्काइस दिनभित्र संरक्षक समितिले संरक्षकहरूमध्येबाट तीन सदस्यीय छानबिन समिति गठन गर्नेछ ।
(३) उपदफा (२) बमोजिमको छानबिन समितिले छानविनको क्रममा सम्बन्धित विज्ञहरूको समेत सहयोग लिन सक्नेछ ।
(४) उपदफा (२) बमोजिमको छानविन समितिले छानविन गर्दा अध्यक्षले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरुपको आचरण नगरेको, इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेको देखिएमा निजलाई पदबाट हटाउन सो समितिले छानविन कार्य प्रारम्भ गरेको मितिले एक महिनाभित्र सिफारिस गर्नु पर्नेछ ।
(५) उपदफा (४) - बमोजिम तोकिएको अवधिभित्र कार्य सम्पन्न गर्न नसकेमा छानविन समिति स्वतः विघटन हुनेछ ।
(६) उपदफा (४) बमोजिमको सिफारिसको आधारमा संरक्षकहरूको दुई तिहाई बहुमतले अध्यक्षलाई पदबाट हटाउनेछ ।
तर त्यसरी पदबाट हटाउने निर्णय गर्नु अघि संरक्षक समितिले निजउपर लागेको आरौपको सफाई पेश गर्ने मौका दिनुपर्नेछ ।
(७) उपदफा (४) बमोजिम पदबाट हटाउन सिफारिस गरेको मितिदेखि सोको अन्तिम निर्णय नभएसम्मका लागि अध्यक्ष आफ्नो पदबाट स्वतः निलम्बन हुनेछ ।
(८) उपदफा (४) बमोजिम सिफारिस प्राप्त गरेको मितिले साढी दिनभित्र संरक्षक समितिले सो सम्बन्धमा अन्तिम निर्णय गर्नु पर्नेछ ।
(९) अध्यक्ष निलम्बन भएको अवस्थामा निजले सम्पादन गर्ने कामको लागि संरक्षक समितिले व्यवस्था गरे बमोजिम हुनेछ ।
(१०) उपाध्यक्ष वा अन्य पदाधिकारीलाई पदबाट हटाउने प्रकृया तोकिए बमोजिम हुनेछ ।