दफा १२
पदमा नरहने अवस्था
(१) देहायका अवस्थामा सदस्य वा पुनरावेदन सुन्ने अधिकारी आफ्नो पदमा बहाल रहने छैनः (क) यस ऐन बमोजिम पदावधि समाप्त भएमा, (ख) आफ्नो पदबाट दिएको राजीनामा नेपाल सरकारबाट स्वीकृत भएमा, (ग) खराब आचरण भएको वा कार्यक्षमताको अभाव भएको भन्ने आधारमा नेपाल सरकारले हटाएमा । (२) उपदफा (१) को खण्ड (ग) बमोजिम नेपाल सरकारले पदबाट हटाउने आदेश दिनुभन्दा अघि निजलाई सफाईको उचित मौका दिनु पर्नेछ ।