दफा
पदावधि
(१) दफा ३९ बमोजिम आयोग विघटन नभएसम्म अध्यक्ष तथा सदस्यहरु आफ्नो पदमा वहाल रहने छन् ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष वा कुनै सदस्यमा कार्यक्षमताको अभाव भएमा वा निज खराब आचरणमा लागेमा नेपाल सरकारले पूर्व प्रधान न्यायाधीशको अध्यक्षतामा तीन सदस्यीय एक छानविन समिति गठन गर्नेछ र सो समितिको सिफारिसमा नेपाल सरकारले त्यस्तो अध्यक्ष वा सदस्यलाई पदबाट हटाउन सक्नेछ ।
तर त्यस्तो आरोप लागेको अध्यक्ष वा सदस्यलाई सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।
(३) उपदफा (२) बमोजिम अध्यक्ष वा सदस्य उपरको आरोप छानविन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।