नियम २०८
पदावधि
(१) राष्ट्रिय सभाका सदस्यको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिलो पटकको लागि गोला प्रथाद्वारा उन्नाइस जना सदस्यको पदावधि दुई वर्ष, अर्को बीस जना सदस्यको चार वर्ष र बाँकी बीस जना सदस्यको छ वर्ष कायम हुनेछ । स्पष्टीकरण :- यस परिच्छेदको प्रयोजनको लागि “गोला प्रथा” भन्नाले नेपालको संविधानको धारा ८६ को उपधारा (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम पहिलो पटक राष्ट्रिय सभाका सदस्यको एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको पदावधि कायम गर्न अपनाईने छनौट सम्बन्धी विधि वा प्रक्रिया सम्झनु पर्छ ।