दफा १६
पदावधि

१६. पदावधि

(१) अध्यक्ष तथा दफा ३ को उपदफा (२) को खण्ड (ख) बमोजिम नियुक्त सदस्यको पदावधि तीन वर्षको हुनेछ र निजको पुन नियुक्ति हुन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको पदावधि बाँकी रहेकै अवस्थामा आयोगका कुनै सदस्यको पद रिक्त रहन गएमा त्यसरी रिक्त रहन गएको स्थानमा बाँकी अवधिको लागि यस आदेशको अधीनमा रही नेपाल सरकारले अर्को सदस्य नियुक्ति गर्न सक्नेछ ।धधध।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले जुनसुकै बखत अध्यक्ष तथा सदस्यहरू हेरफेर गर्न सक्नेछ ।