दफा १८
पदीय मर्यादा पालना गर्नु पर्ने
: अध्यक्ष र सदस्यले प्रचलित कानून बमोजिमको पदीय आचरण र देहाय बमोजिमको पदीय मर्यादाको पालना गर्नु पर्नेछ ः-
(क) स्वतन्त्र, निष्पक्ष र इमान्दारीपूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्ने,
(ख) विभिन्न जातजाति, समुदाय तथा सम्प्रदाय बीचको सम्बन्धमा खलल पर्ने कुनै काम नगर्ने ।