दफा ४४च
परराष्ट्र मन्त्रालयलाई जानकारी दिनु पर्ने
यस ऐन बमोजिम विभाग, नियमनकारी निकाय वा वित्तीय जानकारी इकाईले समान प्रकृतिको काम गर्ने विदेशी मुलुकको कुनै निकायसँग अन्तर्राष्ट्रिय सहयोग आदान प्रदान गर्ने सम्बन्धमा समझदारी कायम गरेमा सोको जानकारी यथाशीघ्र परराष्ट्र मन्त्रालयलाई दिनु पर्नेछ ।