दफा ३३
परामर्श दिने
(१) आयोगले सुरक्षा निकाय र अन्य सङ्घीय सरकारी सेवाको पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श दिनेछ ।
(२) आयोगले कुनै सङ्गठित संस्थाको कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून बनाउँदा, त्यस्तो सेवाको पदमा बढुवा गर्दा र कर्मचारीलाई विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तका विषयमा परामर्श दिनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम परामर्श दिने प्रयोजनका लागि आयोगले सम्बन्धित निकाय र कर्मचारीको सेवाको प्रकृति अनुसार समान वा पृथक-पृथक रुपमा लागू हुने गरी सामान्य सिद्धान्त निर्धारण गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम आयोगले निर्धारण गरेको सामान्य सिद्धान्त सार्वजनिक गर्नु पर्नेछ ।