दफा
परामर्श लिनु पर्ने
सम्बन्धित मन्त्रालयले विधेयकको मस्यौदामा समावेश भएको देहायको विषयमा देहायको : मन्त्रालय वा निकायको परामर्श लिनु पर्नेछ:-

(क) नेपाल सरकारलाई आर्थिक व्ययभार पर्ने विषयमा नेपाल सरकारको अर्थ मन्त्रालयको,

(ख) नेपाल सरकार वादी भई मुद्दा चलाउने विषयमा महान्यायाधिवक्ताको कार्यालयको, र

(ग) कुनै मन्त्रालय वा निकायको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा त्यस्तो मन्त्रालय वा निकायको ।