दफा
परिचयपत्र प्राप्त गर्ने योग्यता
(१) प्रचलित कानून बमोजिम नेपालको नागरिकता प्राप्त गरेको वा नेपालको नागरिकता प्राप्त गर्न योग्यता पुगेको व्यक्ति यस ऐन बमोजिम राष्ट्रिय परिचयपत्र प्राप्त गर्न योग्य हुनेछ। कुनै पनि नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र प्राप्त गर्नबाट वञ्चित गरिने छैन।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नागरिकता प्राप्त गर्ने उमेर पूरा नभएको नेपाली नागरिकले तोकिए बमोजिमको नाबालक राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्नेछ।