नियम
परिचयपत्रको लागि निबेदन दिनु पर्ने
: (१) नेपाली नागरिकताको प्रमाणपत्र प्रा व्यक्तिले परिचयपत्रको लागि ऐनको दफा ७ को उपदफा (१) बमोजिमको अवधिभित्र देहाय बमोजिमका कागजात संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा स्थानीय अधिकारी समक्षा निवेदन दिनु पर्नेछ:-

(क) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति,

(ख) नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण,

(ग) नागरिकताको प्रमाणपत्रमा उल्लिखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँ सराइ दर्ताको प्रमाणपत्र वा बिवाह दर्ताको प्रमाणपत्रको सक्कल प्रति,

(घ) बिबाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पढ्लीको नाम उल्लेख नभएमा वा फरक परेमा बिवाह दर्ताको प्रमाणपत्रको सक्कल प्रति. ।

(२) उपनियम (१) बमोजिम परेको निवेदन तथा प्राप्त कागजात स्थानीय अधिकारीले जाँचबुझ गरी निवेदकको वैयक्तिक तथा जैविक विवरण राष्ट्रिय परिचय - व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गर्नु पर्नेछ ।

(३) नेपाली नागरिकताको प्रमाणपत्र प्रा नगरेको तर नेपाली नागरिकता प्राप्त गर्न योग्यता पुगेको व्यक्तिले ऐनको दफा ७ को उपदफा (१) बमोजिमको अवधिभित्र प्रचलित कानून बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न आवश्यक पर्ने कागजात संलग्न गरी अनुसूची-२ बमोजिमको ढाँचामा स्थानीय अधिकारी समक्षा निवेदन दिनु पर्नेछ।

(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नाबालक राष्ट्रिय परिचयपत्र प्रास गरेको व्यक्तिले त्यस्तो परिचयपत्र प्राप्त गर्दाका बखत पेश गरेको कागजात पुन पेश गर्नुपर्ने छैन।

(५) उपनियम (३) बमोजिम परेको निवेदन सम्बन्धमा स्थानीय अधिकारीले जाँचबुझ गरी त्यस्तो व्यक्ति नागरिकताको प्रमाणपत्र प्राप्त गर्न योग्य रहेको देखिएमा सो व्यहोराको निर्णय सहित निवेदकको वैयक्तिक तथा जैविक बिवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गर्नु पर्नेछ।

(६) बिभागले परिचयपत्रको लागि बिद्युतीय माध्यम [अनलाइन प्रणाली) बाट समेत निवेदन दिन र्‌ सोको लागि आवश्यक पर्ने कागजात दाखिला गर्न सक्ने व्यवस्था (७) उपनियम (६) बमोजिम विद्युतीय माध्यम [अनलाइन प्रणाली) बाट निवेदन दिने व्यवस्था _ गरेकोमा त्यसरी निवेदन दिने व्यक्तिको वैयक्तिक तथा जैबिक विवरण सङ्कलन गर्ने सम्बन्धी अन्य व्यवस्था बिभागले निर्धारण गरे बमोजिम हुनेछ ।

(८) उपनियम (१) वा (३) बमोजिमको अवधि समास भएपछि परिचयपत्र प्राप्त गर्नको लागि निबेदन दिँदा अनुसूची-३ बमोजिमको बिलम्ब दस्तुर लाग्नेछ।

(९) उपनियम (१); (३) वा (६) बमोजिम परिचयपत्रका लागि निबेदन दिने व्यक्ति आफैं उपस्थित भई आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गर्नु पर्नेछ।

(१०) उपनियम (९) बमोजिम वैयक्तिक तथा जैविक विवरण दर्ता भएपछि उपनियम (१) बमोजिमको निबेदनसाथ संलग्न नागरिकताको प्रमाणपत्र, बसाइँ सराइ दर्ताको प्रमाणपत्र र विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि लिई सोको सक्कल सम्बन्धित व्यक्तिलाई फिर्ता दिइनेछ।