दफा ६९
परिचालक अनुमतिपत्र स्वत
रद्द हुनेः (१) दफा ६८ को उपदफा (४) बमोजिम निर्धारित अवधिसम्म पनि नवीकरण नगरिएको परिचालक अनुमतिपत्र स्वतः रद्द हुनेछ ।
(२) उपदफा (१) बमोजिम रद्द भएको परिचालक अनुमतिपत्रको लगत दर्ता किताबबाट कट्टा गरिनेछ ।
(३) उपदफा (२) बमोजिम दर्ता किताबबाट लगत कट्टा भईसकेको परिचालक अनुमतिपत्र नवीकरण गरिने छैन ।