२.१ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –
२.१.१ “पशुपति क्षेत्र” भन्नाले पशुपति क्षेत्रको सुरक्षा, सम्भार र विकासको लागि नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको सीमानाभित्रको क्षेत्र सम्झनु पर्छ ।
२.१.२ “कोष” भन्नाले दफा ३ बमोजिम स्थापना भएको पशुपति क्षेत्र विकास कोष सम्झनु पर्छ ।
२.१.३ “संरक्षक” भन्नाले कोषका संरक्षक सम्झनु पर्छ ।
२.१.४ “अध्यक्ष” भन्नाले कोषका अध्यक्ष सम्झनु पर्छ ।
२.१.५ “परिषद्” भन्नाले कोष सञ्चालनका निमित्त दफा ८ बमोजिम गठन भएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद सम्झनुपर्छ ।
२.१.६“सदस्य” भन्नाले परिषद्का उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य तथा सदस्य– सचिवलाई समेत जनाउँछ ।
२.१.७ ………..
२.१.८ …………
२.१.९ …………
२.१.१० “चन्दा” भन्नाले कोषलाई सहयोग स्वरूप दाताले प्रदान गर्ने नगद, जिन्सी र चल अचल सम्पत्ति समेत सम्झनु पर्छ ।
२.१.११ “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।