दफा
परिभाषा :

विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस ऐनमा,–
(क) “समाज कल्याण कार्य” भन्नाले समाजका कमजोर, असहाय र असक्त व्यक्तिका लागि सेवा पुयाउन र समाजका पिछडिएका वर्गलाई आर्थिक एवं सामाजिक रूपमा सक्षम बनाउन गरिने सामाजिक कार्य सम्झनु पर्छ ।
(ख) “समाज सेवा” भन्नाले नाफाको उद्देश्य नराखी व्यक्तिगत वा सामूहिक रूपमा गरिने समाज कल्याण कार्य सम्झनु पर्छ ।
(ग) “सामाजिक संघ संस्था” भन्नाले समाज कल्याण कार्य गर्न प्रचलित कानुन बमोजिम स्थापना भएको र समाज सेवामा संलग्न गैर सरकारी सामाजिक संघ संस्था सम्झनु पर्छ ।
(घ) “परिषद्” भन्नाले दफा ५ बमोजिम स्थापना हुने समाज कल्याण परिषद् सम्झनु पर्छ ।
(ङ) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(च) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य–सचिवलाई समेत जनाउनेछ ।
(छ) “विधान” भन्नाले संघ संस्थाको विधान सम्झनु पर्छ ।
(ज) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।