दफा
परिभाषा

२.१ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा–
२.१.१ “बीउ बिजन” भन्नाले भ्रौण विरूवा (इम्ब्रोयनिक प्लान्ट) खाद्य पदार्थ र सुरक्षात्मक आवरण भएको परिपक्व ओभ्यूल (म्याचोर्ड ओभ्यूल) वा यौनिक वा वानस्पतिक तरीकाले पुनरोत्पादन (रिप्रोडक्सन) गरी बाली उत्पादन गर्नका लागि छर्ने वा रोप्ने काममा प्रयोग गर्न सकिने बीउ बिजन वा बीज सम्झनु पर्छ ।
२.१.२ “बाली” भन्नाले खाद्यान्न, तरकारी,'फलफूल, दलहन, तेलहन, नगदेबाली वा घाँसबाली सम्झनु पर्छ र सो शब्दले फूल फूल्ने वा नफूल्ने आलङ्कारिक बालीलाई समेत जनाउँछ।
२.१.३ “कृषिकार्य” भन्नाले . बाली उत्पादन, सङ्कलन, भण्डारण र प्रशोधन गर्ने कार्य सम्झनु पर्छ।
२.१.४ “समिति” भन्नाले दफा ३ बमोजिम गठित राष्ट्रिय बीउ बिजन समिति सम्झनु पर्छ ।
२.१.५ “प्रयोगशाला” भन्नाले दफा ९ बमोजिम स्थापना भएको बीउ बिजन परीक्षण प्रयोगशाला सम्झनु पर्छ ।
२.१.६ “सूचित बीउ बिजन” भन्नाले दफा ११ बमोजिम सूचित वा पञ्जीकृत गरिएको बीउ बिजन सम्झनु पर्छ।
२.१.७ “भाडो (कन्टेनर)” भन्नाले वाकस, टिनको बट्टा, शीशी, थैली, बोरा, भकारी, व्यारेल वा अन्य यस्तै बीउ बिजन राख्न प्रयोग गरिने भाँडो सम्झनु पर्छ ।
२.१.८ “प्रजनक (ब्रीडर)” भन्नाले बालीको कुनै जातलाई पहिलो पटक प्रजनन वा छनौट गरी प्रयोगमा ल्याउने व्यक्ति, संस्था वा निकाय सम्झनु पर्छ ।
२.१.९ “किसिम” भन्नाले एकै नामद्वारा चिनिएका वा चिनिन सक्ने कुनै वनस्पतिको सबै जातमूल (स्पेसिज्) तथा उपजातमूल (सब्स्पेसिज्) सम्झनु पर्छ ।
२.१.१० “जात (भेराईटी)” भन्नाले वनस्पति शास्त्रीय वर्गीकरणमा सबैभन्दा तल्लो श्रेणीभित्र पर्ने समान आनुवंशिक लक्षणहरू देखिने, अन्य समूहसँग कम्तीमा एउटा लक्षणद्वारा भिन्नता छुट्टिने र पुनरूत्पादन (प्रोपागेसन) हुँदा लक्षणहरू परिवर्तन नहुने लक्षण भएका कुनै वनस्पतिको समूह सम्झनु पर्छ ।
२.१.११ “सङ्केतपत्र” भन्नाले भाँडोमा देखिने गरी राखिएको वा लेखिएका बीउ बिजन सम्बन्धी विवरण (लेबल) सम्झनु पर्छ ।
२.१.१२ “तोकिएको” वा तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

२:१.१३ “मन्त्रालय” भन्नाले कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
२.१.१४ “प्रदेश मन्त्रालय” भन्नाले प्रदेश सरकारको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
२.१.१५ “केन्द्र” भन्नाले बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र सम्झनु पर्छ।
२.१.१६ “प्रदेश समिति” भन्नाले दफा ६क. बमोजिमको प्रदेश बीउ बिजन व्यवस्थापन समिति सम्झनु पर्छ।
२.१.१७ “स्थानीय तह” भन्नाले नगरपालिका वा गाउँपालिका सम्झनुपर्छ।
२.१.१८ “संस्था” भन्नाले बीउ बिजन सम्बन्धी काम गर्न प्रचलित कानून बमोजिम स्थापना भएको संस्था सम्झनु पर्छ र सो शब्दले कृषि सम्बन्धी सहकारी संस्था समेतलाई जनाउँछ।