दफा
परिभाषा

२.१ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
२.१.१ “नजरबन्दको आदेश” भन्नाले उपदफा ३.१ बमोजिमको आदेश सम्झनु पर्छ ।
२.१.२ “स्थानहदको आदेश” भन्नाले उपदफा ३.२  बमोजिमको आदेश सम्झनुपर्छ ।
२.१.३ “स्थानीय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारी सम्झनु पर्छ र सो शब्दले निजको अनुपस्थितिमा निजको निमित्त भई काम गर्ने अधिकारी समेतलाई जनाउँछ ।