दफा
परिभाषा
: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –
(क) “वायुयान” भन्नाले हावाको प्रतिक्रियाद्वारा वायुमण्डलमा आधारित हुन सक्ने जुनसुकै यन्त्र सम्झनु पर्छ र यो शब्दले यन्त्रचालित गांसिएका वा नगांसिएका बैलुन, हवाईजहाज, चंगा, ग्लाइडर र यस्तै उड्ने अन्य यन्त्रलाई समेत जनाउँछ ।
(ख) “हवाई यातायात सेवा” भन्नाले एक वा बढी उडान गरी, व्यक्ति, डांक वा अरू कुनै जीव वस्तु वा चीजलाई हवाईमार्गद्वारा भाडा लिई ओसार पसार गर्ने सेवा सम्झनु पर्छ ।
(ग) “निगमका सम्बन्धमा सहकारी” भन्नाले दफा १३ को उपदफा (२) को खण्ड (ज) अन्तर्गत निगमसंग सम्झौता भएको कुनै व्यक्ति वा निगमको कुनै सहायक अंग सम्झनु पर्छ ।
(घ) “निगम” भन्नाले यस ऐन अन्तर्गत स्थापना र गठन गरिएको  ………….. नेपाल वायुसेवा निगम सम्झनु पर्छ ।
(घ१) “समिति” भन्नाले निगमको सञ्चालक समिति सम्झनु पर्छ ।
(घ२) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ङ) “संचालक” भन्नाले समितिको सदस्य सम्झनु पर्छ ।
(च) “महाप्रबन्धक” भन्नाले यो ऐन अन्तर्गत नियुक्त भएको महाप्रबन्धक सम्झनु पर्छ

(छ) “निर्धारित (सेडुल्ड) हवाई यातायात सेवा” भन्नाले सर्वसाधारण जनताले उपभोग गर्न पाउने गरी निगमले कुनै निर्धारित स्थानहरूको बीच प्रकाशित समय तालिका (टाइम टेवल) बमोजिम नियमित रूपमा चलाइएको हवाई यातायात सेवा सम्झनु पर्छ ।
(ज) … … …