दफा
परिभाषा
: विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस ऐनमा,–
(क) “सङ्गीत” भन्नाले गायन, सङ्गीत सृजना, वादन र नृत्य समेत सम्झनु पर्छ ।
(ख) “नाट्य” भन्नाले नाटक, अभिनय र रङ्गकर्म सम्झनु पर्छ ।
(ग) “प्रज्ञा प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्झनु पर्छ ।
(घ) “सभा” भन्नाले दफा ७ बमोजिमको प्राज्ञसभा सम्झनु पर्छ ।
(ङ) “परिषद्” भन्नाले दफा ११ बमोजिमकोप्राज्ञ परिषद्सम्झनु पर्छ ।
(च) “कुलपति” भन्नाले प्रज्ञा प्रतिष्ठानको कुलपति सम्झनु पर्छ ।
(छ) “उपकुलपति” भन्नाले प्रज्ञा प्रतिष्ठानको उपकुलपति सम्झनु पर्छ ।
(ज) “सचिव” भन्नाले प्रज्ञा प्रतिष्ठानको सचिव सम्झनु पर्छ ।
(झ) “पदाधिकारी” भन्नाले कुलपति, उपकुलपति, सचिव र परिषद्का मनोनीत सदस्य
सम्झनु पर्छ ।
(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा
तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।