दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,—
(क) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(ख) “उपाध्यक्ष” भन्नाले परिषद्को उपाध्यक्ष सम्झनु पर्छ ।
(ग) “जिल्ला युवा समिति” भन्नाले दफा ११ बमोजिमको जिल्ला युवा समिति सम्झनु पर्छ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।
(ङ) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापना भएको राष्ट्रिय युवा परिषद् सम्झनु पर्छ ।
(च) “मन्त्रालय” भन्नालेयुवा तथा खले कुद मन्त्रालय सम्झनु पर्छ ।
(छ) “युवा” भन्नाले सोह्र वर्षदेखि चालीस वर्षसम्मको उमेर भएको व्यक्ति सम्झनु पर्छ ।
(ज) “विशेष समुदायको युवा” भन्नाले द्वन्द्व पीडित, जोखिममा परेका, अपाङ्गता भएका वा सीमान्तकृत अल्पसङ्ख्यक समुदायका युवा सम्झनु पर्छ ।
(झ) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष, उपाध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(ञ) “समिति” भन्नाले दफा ८ बमोजिमको कार्यकारी समिति सम्झनुपर्छ ।