नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले लगानी बोर्ड ऐन, २०६८ सम्झनु पर्छ ।
(ख) “कार्यकारी प्रमुख” भन्नाले ऐनको दफा १३ को उपदफा (५) बमोजिम नियुक्त
कार्यकारी प्रमुख सम्झनु पर्छ ।
(ग) “परियोजना” भन्नाले ऐनको दफा ९ को उपदफा (१) बमोजिम कार्यान्वयन
गरिने परियोजना सम्झनु पर्छ र सो शब्दले ऐनको दफा १६ बमोजिमको
परियोजना समेतलाई जनाउनेछ ।
(घ) “लगानीकर्ता” भन्नाले परियोजनामा लगानी गर्ने वा लगानी गरेको व्यक्ति
सम्झनु पर्छ ।
(ङ) “सम्झौता” भन्नाले नियम १६ को उपनियम (१) वा नियम १८ को उपनियम
(३) बमोजिम बोर्ड र लगानीकर्ता बीच भएको सम्झौता सम्झनु पर्छ ।
(च) “सदस्य–सचिव” भन्नाले बोर्डको सदस्य– सचिव सम्झनु पर्छ ।