दफा
परिभाषा
विषय वा प्रसड्डले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “वन” भन्नाले पूर्ण वा आंशिक रुपमा रुखहरु वा बुट्यानले ढाकिएको क्षेत्र सम्झनु पर्छ ।
(क१) “वन क्षेत्र” भन्नाले निजी स्वामित्वको हक भोगको र प्रचलित कानूनले अन्यथा व्यवस्था गरेको बाहेकको वन सिमाना लगाइएको वा नलगाइएको वनले घेरिको वा वन भित्र रहेको घाँसे मैदान, खर्क, हिउँले ढाकेको वा नढाकेको नाङ्गो पहाड, बाटो, पोखरी, ताल तलैया, सिमसार, नदी, खोलानाला, बगर, पर्ती वा ऐलानी जग्गाले ओगटेको क्षेत्र सम्झनु पर्छ ।
(ख) “वन सिमाना चिन्ह” भन्नाले राष्ट्रिय वनको सिमाना छुट्याउन लगाइएको काठ, ढुड्डा, सिमेन्ट वा अरु कुनै वस्तुको खम्बा वा चिन्हपट सम्झनु पर्छ र सो शब्दले प्रचलित कानून बमोजिम जग्गा नापजाँच गरी तयार गरेको नक्सामा अङ्कित वन सिमाना चिन्ह समेतलाई जनाउनेछ ।
(ग) “वन पैदावार” भन्नाले वनमा रहेको वा पाइएको वा वनबाट ल्याइएको देहायको पैदावार सम्झनु पर्छः–
(१) काठ, दाउरा, गोल, खैरकच, खोटो, काठको तेल, बोक्रा, लाहा, पिपला, पिपली, वा
(२) रुख, विरुवा, पात, डाँठ, फल, बीज, फूल, भूवा, जरा, गानो, बोक्रा, गमरेजीन लोहवान, जङ्गली जडीबुटी, बनस्पति तथा तिनका विभिन्न भाग वा सूक्ष्म अंग, वा
(३) चट्टान, माटो, ढुड्डा, गिट्टी, बालुवा, वा
(४) पशुपन्छी, वन्यजन्तु र पशुपन्छी वा वन्यजन्तुको आखेटोपहार ।
(ग१) “वातावरणीय सेवा” भन्नाले वन क्षेत्रको पारिस्थितिकीय प्रणालीबाट प्राप्त हुने देहाय बमोजिमको सेवा र सोबाट प्राप्त हुने लाभ सम्झनु पर्छ ः-
(१) कार्बन सञ्चिती,
(२) जैविक विविधताको संरक्षण,
(३) जलचक्र प्रणाली,
(४) पर्यापर्यटन,
(५) तोकिए बमोजिमको अन्य लाभ ।
(घ) “कार्य योजना” भन्नाले वातावरणीय सन्तुलन कायम राखी वनको विकास, संरक्षण तथा वन पैदावारको उपयोग र बिक्री वितरण गर्न तयार गरिएको र यस ऐन बमोजिम स्वीकृत वन सम्बन्धी कार्य योजना सम्झनु पर्छ ।
(ङ) “राष्ट्रिय वन” भन्नाले निजी वन बाहेक नेपाल …….. भित्रको वन सिमाना लगाइएको वा नलगाइएको सबै वन सम्झनु पर्दछ र सो शब्दले वनले घेरिएको वा वनको छेउछाउमा रहेको पर्ती वा ऐलानी जग्गा तथा वनभित्र रहेका बाटो, पोखरी, ताल वा खोलानाला र बगर समेतलाई जनाउ“छ ।
(च) “सरकारद्वारा व्यवस्थित वन” भन्नाले परिच्छेद–३ बमोजिम नेपाल सरकारले व्यवस्थापन गर्ने राष्ट्रिय वन सम्झनु पर्छ ।
(च१) “चकला वन” भन्नाले दफा २०क. वमोजिम व्यवस्थापन गरिने कम्तीमा पाँचसय हेक्टर क्षेत्रफल भएको सरकारद्वारा व्यवस्थित वनको कुनै भाग समझनु पर्छ ।
(छ) “संरक्षित वन” भन्नाले विशेष वातावरणीय, वैज्ञानिक वा सा“स्कृतिक महत्वको ठानी नेपाल सरकारले यो ऐन बमोजिम संरक्षित वनको रुपमा घोषित गरेको राष्ट्रिय वन सम्झनु पर्छ ।
(छ१) “साझेदारी वन” भन्नाले परिच्छेद–४क. बमोजिम जिल्ला वन कार्यालय, स्थानीय तह र उपभोक्ताको साझेदारीमा व्यवस्थापन गरिने राष्ट्रिय वनको कुनै भाग सम्झनु पर्छ ।
(छ२) “साझेदारी वन उपभोक्ता समूह” भन्नाले दफा २४घ. बमोजिम गठन भएको साझेदारी वन उपभोक्ता समूह सम्झनु पर्छ ।
(ज) “सामुदायिक वन” भन्नाले सामुहिक हितको लागि वनको विकास, संरक्षण र उपयोग गर्न दफा २५ बमोजिम उपभोक्ता समूहलाई सुम्पिएको राष्ट्रिय वन सम्झनु पर्छ ।
(झ) “कबुलियती वन” भन्नाले दफा ३१ मा उल्लेखित उद्देश्यहरुको लागि प्रचलित कानून बमोजिम स्थापित कुनै संस्था, वन पैदावारमा आधारित उद्योग वा समुदायलाई दफा ३२ बमोजिम कबुलियती वनको रुपमा प्रदान गरिएको राष्ट्रिय वन सम्झनु पर्छ ।
(ञ) “धार्मिक वन” भन्नाले वनको विकास, संरक्षण र उपयोग गर्न दफा ३५ बमोजिम कुनै धार्मिक निकाय, समूह वा समुदायलाई सुम्पिएको राष्ट्रिय वन सम्झनु पर्छ ।
(ट) “निजी वन” भन्नाले प्रचलित कानून बमोजिम कुनै व्यक्तिको हक पुग्ने निजी जग्गामा लगाई हुर्काएको वा संरक्षण गरिएको वन सम्झनु पर्छ ।
(ठ) “मन्त्रालय” भन्नाले नेपाल सरकार वन तथा वातावरण मन्त्रालय सम्झनु पर्छ ।
(ठ१) “प्रदेश मन्त्रालय” भन्नाले प्रदेश सरकारको वन सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(ड) “विभाग” भन्नाले नेपाल सरकारको वन तथा भू-संरक्षण विभाग सम्झनु पर्छ ।
(ड१) “प्रदेश वन निर्देशक” भन्नाले प्रदेशको वन निर्देशनालयको प्रमुख सम्झनु पर्छ।
(ड२) “निर्देशनालय” भन्नाले प्रदेशको वन सम्बन्धी विषय हेर्ने प्रदेश वन निर्देशनालय सम्झनु पर्छ।
(ढ)  “डिभिजनल वन अधिकृत” भन्नाले डिभिजन वन कार्यालयको प्रमुख सम्झनु पर्छ।
(ण) “वन अधिकृत” भन्नाले मन्त्रालय, प्रदेश मन्त्रालय, विभाग, निर्देशनालय, र अन्तर्गतका कार्यालयहरुमा खटिएका सबै तहका राजपत्रांकित प्राविधिक कर्मचारीहरु सम्झनु पर्छ।
(त) “वन सहायक” भन्नाले राजपत्रअनड्ढित प्राविधिक कर्मचारीहरु सम्झनु पर्छ ।
(थ) “समिति” भन्नाले दफा ९ बमोजिम गठित समिति सम्झनु पर्छ ।
(द) “उपभोक्ता समूह” भन्नाले सामुदायिक वनको व्यवस्था तथा उपयोग गर्न दफा ४२ बमोजिम दर्ता भएको उपभोक्ता समूह सम्झनु पर्छ ।
(ध) “वन सम्बन्धी पट्टा” भन्नाले दफा ३२ अन्तर्गत प्रदान गरिएको पट्टा सम्झनु पर्छ ।
(न) “पट्टावाला” भन्नाले दफा ३२ बमोजिम वन सम्बन्धी पट्टा प्राप्त गर्ने व्यक्ति सम्झनु पर्छ ।
(प) “औजार” भन्नाले वन क्षेत्रमा आवाद वा खनजोत गर्न प्रयोग गरिने सबै किसिमका कृषि औजार तथा रुख विरुवा ताछ्ने, काट्ने, खुकुरी, बञ्चरो, आरा तथा मेशीन समेत सम्झनु पर्छ ।
(फ) “बोझ वाहक” भन्नाले गाडा, ट्रक, लहरी, मोटर, टे«क्टर, नाउ, डुड्डा वा वन पैदावार आदि ल्याउने यस्तै अन्य साधन वा जनावर सम्झनु पर्छ ।
(ब) “चौपाया” भन्नाले जुनसुकै जातको पाल्तु चारखुट्टे जनावर सम्झनु पर्छ ।
(भ) “टाचा” भन्नाले काठ वा खडा रुखमा लगाइने छाप, चिन्ह वा निशाना सम्झनु पर्छ ।
(म) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियमहरुमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।