दफा २
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,
(क) “विद्युत” भन्नाले पानी, खनिज तेल, कोइला, ग्याँस, सौर्य शक्ति, वायु शक्ति, आणविक शक्ति वा अन्य कुनै साधनबाट उत्पादन हुने विद्युत शक्ति सम्झनु पर्छ ।
(ख) “वितरक” भन्नाले दफा ३ बमोजिमको विद्युत बिक्री वितरक सम्झनु पर्छ ।
(ग) “ग्राहक” भन्नाले वितरकले बिक्री वितरण गरेको विद्युत सेवा उपभोग गर्ने ग्राहकको सूचीमा नाम दर्ता भएको व्यक्ति वा संस्था सम्झनु पर्छ र सो शब्दले कुनै संस्था वा कार्यालयको हकमा सो संस्था वा कार्यालयको प्रमुख र दर्तावाल ग्राहकको मृत्यु भइसकेको अवस्थामा त्यस्तो दर्तावाल ग्राहकको प्रचलित कानून बमोजिमको हक खाने हकवाला समेतलाई जनाउँछ ।
(घ) “उपभोक्ता” भन्नाले वितरकले बिक्री वितरण गरेको विद्युत सेवा उपभोग गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(ङ) “घर” वा “भवन” भन्नाले आवासीय वा गैर आवासीय घर वा भवन सम्झनु पर्छ र सो शब्दले संस्था, कार्यालय, पसल, गोदाम, कारखाना आदि रहेको घर, भवन वा टहरा र सो घर, भवन वा टहराको कम्पाउण्ड समेतलाई जनाउँछ ।
(च) “कसूर” भन्नाले दफा ७ बमोजिम विद्युत चोरी सम्बन्धी कसूर सम्झनु पर्छ ।
(छ) “कसूरदार” भन्नाले दफा ७ बमोजिम विद्युत चोरी सम्बन्धी कसूरमा संलग्न हुने व्यक्ति सम्झनु पर्छ र सो शब्दले उक्त कसूरमा संलग्न वितरकको कर्मचारीलाई समेत जनाउँछ ।
(ज) “उर्जामापक यन्त्र” भन्नाले उपभोक्ताले खपत गरेको विद्युत परिमाणको एकाई गणना गर्नको लागि वितरकको तर्फबाट ग्राहकको घर वा भवनमा जडान गरिएको उर्जामापक यन्त्र र सोसंग सम्बन्धित अन्य उपकरण समेत सम्झनु पर्छ ।
(झ) “संस्था” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएको संस्था सम्झनु पर्छ ।
(ञ) “अनुसन्धान अधिकारी” भन्नाले दफा १२ को उपदफा (१) बमोजिम तोकिएको अनुसन्धान अधिकारी सम्झनु पर्छ ।
(ट) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।