नियम
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले विफर नियन्त्रण ऐन, २०२० सम्झनु पर्छ ।
(ख) “सुपरिटेण्डेण्ट” भन्नाले स्थानीय क्षेत्रको निमित्त नियुक्त गरिएको खोपको सुपरिटेण्डेण्ट सम्झनु पर्छ ।
(ग) “सुपरभाइजर” भन्नाले स्थानीय क्षेत्रको निमित्त नियुक्त गरिएको खोपको सुपरभाइजर सम्झनु पर्छ ।
(घ) “खोप्ने व्यक्ति” भन्नाले यस नियमावली अन्तर्गत खोप्ने अधिकार प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(ङ) “संरक्षक” भन्नाले बालकको संरक्षक सम्झनु पर्छ ।
(च) “स्वयंसेवक” भन्नाले नगरपालिका वा गाउँ विकास समितिले खटाएको स्वयमसेवक सम्झनु पर्छ ।
(छ) “प्रमाणपत्र” भन्नाले यस नियमावलीको नियम ५ को उपनियम (३) बमोजिम प्रदान गरिने प्रमाणपत्र सम्झनु पर्छ ।
(ज) “स्टयाण्डर्ड भ्याक्सिन” भन्नाले भ्याक्सिन बनाउन र वितरण गर्न लाईसेन्स प्राप्त कम्पनीले तयार गरेको भ्याक्सिन सम्झनु पर्छ ।