नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले शिक्षा ऐन, २०२८ सम्झनु पर्छ ।
(ख) “मन्त्रालय" भन्नाले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्झनु पर्छ।
(ग) “केन्द्र” भन्नाले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सम्झनु पर्छ।
(घ) “महानिर्देशक” भन्नाले केन्द्रको महानिर्देशक सम्झनु पर्छ।
(ङ) _“निर्देशनालय" भन्नाले शिक्षा विकास निर्देशनालय सम्झनु पर्छ।
(च) “निर्देशक” भन्नाले निर्देशनालयको निर्देशक सम्झनु पर्छ ।
(छ) “निरीक्षक” भन्नाले विद्यालयको निरीक्षण गर्न तोकिएको कर्मचारी सम्झनु पर्छ ।
(छ१) “समुदायद्वारा सञ्चालित विद्यालय” भन्नाले नियम २२क. बमोजिम स्थानीय निकाय वा व्यवस्थापन समितिले व्यवस्थापन जिम्मा लिएको सामुदायिक विद्यालय सम्झनु पर्छ ।
(छ२) “सामुदायिक शिक्षक” भन्नाले समुदायद्वारा सञ्चालित विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अन्तर्गत व्यवस्थापन समितिले नियुक्त गरेको स्थायी शिक्षक सम्झनु पर्छ ।
(छ३) “शिक्षक छनौट समिति” भन्नाले नियम ९६क. बमोजिमको शिक्षक छनौट समिति सम्झनु पर्छ ।
(ज) “व्यवस्थापन समिति” भन्नाले विद्यालय व्यवस्थापन समिति सम्झनु पर्छ ।
(झ) “परीक्षा” भन्नाले निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा वा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सम्झनु पर्छ ।
(ञ) “परीक्षा समिति” भन्नाले निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समिति वा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समिति सम्झनु पर्छ ।
(ट) “शैक्षिक सत्र” भन्नाले विद्यालयमा अध्ययन अध्यापन गराइने वार्षिक अवधि सम्झनु पर्छ ।
(ठ) “अनौपचारिक शिक्षा” भन्नाले नियम ४८ बमोजिम दिइने शिक्षा सम्झनु पर्छ ।
(ड) “दूर शिक्षा” भन्नाले पत्राचार, श्रव्य, दृश्य, श्रव्य–दृश्य वा अन्य सञ्चार माध्यमबाट कुनै विषयमा दिइने शिक्षा सम्झनु पर्छ ।
(ढ) “शिशु विकास केन्द्र” भन्नाले चार वर्ष पूरा नभएका बालबालिकालाई शारीरिक, मानसिक वा वौद्धिक शिक्षा दिनको लागि नियम ६७ बमोजिम खोलिएको शिशु विकास केन्द्र सम्झनु पर्छ ।
(ण) “शैक्षिक जनशक्ति विकास परिषद्” भन्नाले नियम ७२ बमोजिमको शैक्षिक जनशक्ति विकास परिषद् सम्झनु पर्छ ।
(त) “प्रधानाध्यापक” भन्नाले नियम ९३ बमोजिम नियुक्त शिक्षक सम्झनु पर्छ ।
(थ) “परिवार” भन्नाले शिक्षकस“ग एकासगोलमा बस्ने तथा निज आफैंले पालनपोषण गर्नु पर्ने पति, पत्नी, छोरा, धर्मपुत्र, अविवाहित छोरी वा धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले पुरुष शिक्षकको हकमा निजको बाजे, बज्यै तथा महिला शिक्षकको हकमा निजको सासू, ससुरा समेतलाई जनाउ“छ ।
(द) “शिक्षक किताबखाना” भन्नाले नियम १२६ बमोजिमको विद्यालय शिक्षक किताब खाना सम्झनु पर्छ ।
(ध) “शुल्क” भन्नाले विद्यालयले नियम १४६ बमोजिम विद्यार्थीस“ग लिन पाउने शुल्क सम्झनु पर्छ ।
(न) “सञ्चालक समिति” भन्नाले ऐनको दफा १२ग. बमोजिम गठन भएको ग्रामीण शिक्षा विकास कोष सञ्चालक समिति सम्झनु पर्छ ।