दफा २
परिभाषा
: विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अदालत” भन्नाले दफा ४० बमोजिमको मुद्दा हेर्ने अदालत सम्झनु पर्छ ।
(ख) “अनुसन्धान अधिकारी” भन्नाले स·ठित अपराधको अनुसन्धान गर्ने अधिकारी सम्झनु पर्छ ।
(ग) “अधिकारप्राप्त अधिकारी” भन्नाले दफा २४ बमोजिमको अधिकृत वा निकाय सम्झनु पर्छ ।
(घ) “आपराधिक समूह” भन्नाले प्रत्यक्ष वा परोक्ष रुपमा परिच्छेद–२ मा उल्लिखित सङ्गठित अपराध गर्ने उद्देश्यले नेपालभित्र वा नेपाल बाहिर रहे भएको स·ठित वा अस·ठित तीन वा तीनभन्दा बढी व्यक्तिहरुको समूह सम्झनु पर्छ ।
(ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(च) “पुनरावलोकन समिति” भन्नाले दफा २९ बमोजिमको पुनरावलोकन समिति सम्झनु पर्छ ।
(छ) “सङ्गठित अपराध” भनाले परिच्छेद–२ बमोजिमको अपराध सम्झनु पर्छ ।
(ज) “सञ्चार अभिलेख” भनाले तार, कम्प्यूटर वा कुनै विद्युतीय माध्यमबाट हुने वा भएको कुनै प्रकारको सञ्चारलाई विद्युतीय वा अन्य कुनै यन्त्रको माध्यमबाट अभिलेख गर्ने कार्य सम्झनु पर्छ ।
(झ) “सम्पत्ति” भनाले भौतिक वा अभौतिक, चल वा अचल, मूर्त वा अमूर्त सम्पत्ति सम्झनु पर्छ र सो शब्दले कुनै मूल्य भएको वस्तु वा उपकरण, त्यस्तो सम्पत्ति उपर रहेको वा कायम हुने हक, हित वा अधिकार स्थापित गर्ने कुनै कागजात, निस्सा वा अन्य कुनै उपकरण समेतलाई जनाउ“छ ।