नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले सैनिक ऐन, २०६३ सम्झनु पर्छ ।
(ख) “पदपूर्ति समिति” भन्नाले नियम ७ बमोजिमको पदपूर्ति समिति सम्झनु पर्छ ।
(ग) “बढुवा समिति” भन्नाले नियम १७ बमोजिमको बढुवा समितिसम्झनुपर्र्छ ।
(घ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको रक्षा मन्त्रालय सम्झनु पर्छ ।
(ङ) “सैनिक नियमावली” भन्नाले सैनिक सेवा नियमावली, २०६९ सम्झनु पर्छ ।
(च) “सैनिक हवाई सेवा” भन्नाले नियम ३ बमोजिमको समूह वा उपसमूहमा आबद्ध सैनिक व्यक्तिहरु रहेको सेवा सम्झनु पर्छ ।