दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,—
(क) “सार्वजनिक लिखत” भन्नाले देहायका लिखत सम्झनु पर्छः –
(१) ऐन,
(२) अध्यादेश,
(३) नेपाल सरकारले बनाएको नियम,
(४) संवैधानिक निकायले बनाएको नियम,
(५) नेपाल सरकारले जारी गरेको आदेश,

(५क)  प्रदेश सरकारले बनाएको नियम, जारी गरेको आदेश वा अधिकार पत्र वा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय,

(५ख) स्थानीय तहले बनाएको ऐन, नियम तथा जारी गरेको आदेश
(६)   संविधान सभा, व्यवस्थापिका-संसद वा संघीय संसदद्वारा पारित प्रस्ताव,

(६क) प्रदेश सभा, नगर सभा वा गाउँ सभावाट पारित प्रस्ताव

(७) नेपाल सरकारले जारी गरेको अधिकारपत्र,
(८) नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय,
(९) संविधान बमोजिम नियुक्ति हुने पदको नियुक्तिपत्र,
(१०) प्रचलित कानून बमोजिम नेपाल सरकारले दिने नियुक्ति, सरुवा र अवकाशपत्र,
(११) प्रचलित कानून बमोजिम प्रमाणीकरण गर्नु पर्ने अन्य लिखत,

(११क)     प्रचलित कानून बमोजिम प्रदेश सरकारले दिने नियुक्ति, सरूवा वा अवकाशपत्र,

(१२) तोकिए बमोजिमका अन्य लिखत ।
(ख) “प्रामाणिक प्रति” भन्नाले सार्वजनिक लिखत प्रमाणित गर्ने अधिकारीले हस्ताक्षर गरेको सक्कल प्रति सम्झनु पर्छ ।
(ग) “सचिव” भन्नाले नेपाल सरकारको सचिव सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीको अन्य अधिकृत समेतलाई जनाउँछ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।