दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “व्यक्तिगत घटना” भन्नाले कुनै व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइ सराइ सम्झनुपर्छ । (ख) “बसाइ सराइ” भन्नाले ६ महिनाभन्दा बढी अवधिको लागि नेपाल ……… भित्र एक गाउँपालिका वा नगरपालिकाबाट अर्को गाउँपालिका वा नगरपालिका क्षेत्रमा वा विदेशमा बसाइ सरी जाने वा विदेशबाट बसाइ सरी आउने कार्यलाई सम्झनुपर्छ । (ग) “पंजिकाधिकारी” भन्नाले दफा ३ बमोजिम नियुक्त भएको वा तोकिएको पंजिकाधिकारी (रजिष्ट्रार) वा स्थानीय पंजिकाधिकारी सम्झनु पर्छ । (घ) “परिवारको मुख्य व्यक्ति” भन्नाले परिवारको चाँजोपाँजो मिलाउने वरिष्ठ व्यक्ति वा परिवारको पालन–पोषण गर्ने व्यक्ति सम्झनु पर्छ । (ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।