दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “विषादी” भन्नाले बीउ, विरुवा, रुख, पशु, पंछी आदिमा लाग्ने घातक किटाणुहरु नाश गर्न प्रयोग गरिने जीवनाशक विषादी (पेस्टीसाइड्स) सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ३ बमोजिम गठित विषादी समिति सम्झनु पर्छ ।
(ग) “सूचित विषादी” भन्नाले दफा १० बमोजिम नेपाल सरकारले सूचित आदेशद्वारा तोकेको विषादी सम्झनु पर्छ ।