Preamble ०
प्रस्तावना
– विभिन्न बीउ, विरुवा, रुख, पशु, पंक्षी आदिमा लाग्ने घातक किटाणुहरु नाश गर्न प्रयोग गरिने जीवनाशक विषादीको आयात, निर्यात, उत्पादन, किनबेच तथा प्रयोग सम्बन्धी व्यवस्था गर्न वान्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२९ बमोजिम मन्त्रिपरिषदको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।