नियम २
परिभाषा
२. परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले जीवनाशक विषादी ऐन, २०४८ सम्झनु पर्छ ।
(ख) “कार्यालय” भन्नाले नेपाल सरकारद्वारा स्थापना भएको कार्यालय सम्झनु पर्छ ।
(ग) “कन्टेनर” भन्नाले विषादीलाई राख्न, छोप्न, बन्द गर्न, समावेश गर्न वा प्याक गर्नलाई प्रयोग गरिने भाँडा वा बट्टा वा पोका सम्झनु पर्छ ।
(घ) “सूचकपत्र (लेवल)” भन्नाले विषादी वा विषादी राखिएको कन्टेनर वा कन्टेनरको बाहिरी भागमा वा विषादीको पोकामा लेखिएको, छापिएको वा रेखांकन गरिएको विषादी सम्बन्धी सूचना सम्झनु पर्छ ।
(ङ) “निरीक्षक” भन्नाले ऐनको दफा १३ बमोजिम नियुक्त विषादी निरीक्षक सम्झनु पर्छ ।