विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा–
(क) “झोरा क्षेत्र” भन्नाले कानूनी रुपबाट अधिकार पाई जंगल फडानी गरी बसोवास आवाद गरेको क्षेत्रलाई सम्झनुपर्छ ।
(१) मोरङ्ग सुनसरी र झापा जिल्लाहरुका झोरा क्षेत्रहरुमा मिति २०२८।८।१ देखि ऐन प्रारम्भ हुनेगरी तोकिएको (नेपाल राजपत्र– २०२८।७।२९) ।
(२) सुनसरी जिल्लाको उल्लिखित क्षेत्रमा मिति २०३४।१०।५ देखि ऐन प्रारम्भ हुने गरी तोकिएको (नेपाल राजपत्र– २०३४।१०।५) ।
(ख) “जग्गावाला” भन्नाले प्रचलित नेपाल कानून बमोजिम आफनो नाममा जग्गा दर्ता भएको वा त्यस्तो दर्ता गर्ने अधिकार भएको व्यक्ति सम्झनुपर्छ ।
(ग) “रैती” भन्नाले झोरा क्षेत्रको जग्गा आवाद गरी आफनो वा आफनो परिवारको श्रमले खेती गरी कमाई सोही ठाउँमा बसोवास गरी आएको व्यक्तिलाई सम्झनुपर्छ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।