दफा
परिभाषा

विषय वा प्रसंगबाट अर्को अर्थ नलागेमा यस ऐन वा अरू नेपाल ऐनहरूमा–
(क) कार्य–फौज्दारी या देवानी कसूरको प्रसंगमा प्रयोग गरेको “कार्य” भन्ने शब्दभित्र कार्यहरूको समूह समेत पर्दछ र गरेका कार्यहरूलाई जनाउने शब्दहरूले कानूनले गर्नु पर्ने नगरेको समेत जनाउँछ ।

(ख) परिच्छेद–यो शब्दले “परिच्छेद” भनी जनिएको नेपाल ऐनको कुनै परिच्छेद सम्झनु पर्छ ।

(ग) प्रारम्भ–नेपाल ऐनको प्रसंगमा प्रयोग गरिएको “प्रारम्भ” भन्ने शब्दले ऐन लागू हुने दिनलाई सम्झनु पर्छ ।

(घ) लिखत–यो शब्दले अक्षर, अंक तथा चिन्हहरूद्वारा कुनै विषयलाई लेखपढ गर्ने कामको निमित्त प्रयोग हुन सक्ने वा प्रयोगमा ल्याउने मनसाय गरिएको उक्त साधनहरूमध्ये एक वा एकभन्दा बढी साधनहरूद्वारा कुनै वस्तुमा लेखिएको, प्रकट गरिएको तथा वर्णन गरिएको विषयलाई लिइनेछ ।

(ङ) ऐन–यो शब्दले “ऐन, ऐन सरहका     संहिता, सवाल र” भन्ने शब्दहरु राखिएका छन्।

(च) बाबु–यो शब्दले कानूनबमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्न पाउनेमा सो राख्ने बाबुलाई समेत जनाउँछ ।

(छ) आर्थिक वर्ष–यो शब्दले श्रावण संक्रान्तिदेखि शुरु हुने साललाई सम्झनु पर्छ ।

(ज) लापरवाहीसाथ गरेको वा नगरेको जे भएतापनि वास्तवमा इमान्दारीसाथ गरिएको कामलाई “असल नियतले गरेको” मानिनेछ ।

(झ) “नेपाल सरकार” भन्नाले–
(क) नेपाल अन्तिरिम शासन विधान प्रारम्भ भएदेखि २०१६ साल आषाढ १५ गतेसम्म गरिएको कुनै कामका सम्बन्धमा मन्त्रिमण्डल रहेको अवस्थामा नेपाल अन्तिरिम शासन विधानबमोजिम मन्त्रीहरूको सल्लाह अनुसार र मन्त्रिमण्डल नरहेको अवस्थामा मन्त्रिपरषद्का सभासदहरूको सल्लाह अनुसार वा शाही विशेषाधिकार प्रयोगको काम गरिबक्सने श्री ५ महाराजाधिराजलाई, र

(ख) २०१६ साल आषाढ १६ गतेदेखि २०१९ साल मार्ग मसान्त भित्र गरिएको वा गरिनु पर्ने कुनै कामका सम्बन्धमा मन्त्रिमण्डल रहेको अवस्थामा नेपाल अधिराज्यको संविधानबमोजिम मन्त्रिमण्डलको सिफारिशमा वा कुनै प्रश्नको सम्बन्धमा तत्सम्बन्धी कारवाही गर्न प्रधानमन्त्रीबाट अख्तियार पाएको मंत्रीको सिफारिशमा र मन्त्रिमण्डल नरहेको अवस्थामा उक्त संविधानमा भएको अरू व्यवस्थाबमोजिम अधिकार प्रयोग गरी काम गरिबक्सने श्री ५ महाराजाधिराजलाई, र

(ग) २०१९ साल पौष १ गतेदेखि २०४७ साल कार्तिक २२ गतेसम्म गरिएको वा गरिनु पर्ने कुनै कामका सम्बन्धमा नेपालको संविधान बमोजिम
मन्त्रिपरिषद्को सल्लाह अनुसार वा संकटकालीन अवस्थामा सो संविधानको

धारा ८१क. बमोजिमको अधिकार प्रयोग गरी काम गरिबक्सने श्री ५ महाराजाधिराजलाई,

(घ) २०४७ साल कार्तिक २३ गतेदेखि २०६३ साल जेठ ३ गतेसम्म गरिएको वागर्नुपर्ने कुनै कामका सम्बन्धमा नेपाल अधिराज्यको संविधान, २०४७ र अन्य

(ङ) २०६३ साल जेठ ४ गतेदेखि २०६३ साल पुस ३० गतेसम्म गरिएको वागरिनु पर्ने कुनै कामका सम्बन्धमा नेपाल अधिराज्यको संविधान, २०४७, प्रतिनिधि सभाको घोषणा, २०६३ तथा अन्य कानूनबमोजिम नेपालको कार्यकारिणी अधिकार प्रयोग गर्ने मन्त्रिपरिषद्लाई,

(च) २०६३ साल माघ १ गतेदेखि २०७२ साल असोज २ गतेसम्म गरिएको वा गरिनु पर्ने कुनै कामका सम्बन्धमा नेपालको अन्तरिम संविधान, २०६३ र अन्य कानून बमोजिम नेपालको कार्यकारिणी अधिकार प्रयोग गर्ने मन्त्रिपरिषद्लाई, र

(छ) २०७२ साल असोज ३ गतेदेखि गरिएको वा गरिनु पर्ने कुनै कामका सम्बन्धमा नेपालको संविधान र अन्य कानून बमोजिम नेपालको कार्यकारिणी अधिकार प्रयोग गर्ने मन्त्रिपरिषद्लाई सम्झनु पर्छ ।

“(झ१) “प्रदेश सरकार” भन्नाले नेपालको संविधानको धारा १६२ बमोजिम प्रदेशको कार्यकारिणी अधिकार प्रयोग गर्ने प्रदेशको मन्त्रिपरिषद् सम्झनु पर्छ।

(झ२) “स्थानीय कार्यपालिका” भन्नाले नेपालको संविधानको धारा २१४ बमोजिम स्थानीय तहको कार्यकारिणी अधिकार प्रयोग गर्ने गाउँ कार्यपालिका वा नगर कार्यपालिका सम्झनु पर्छ।”

(ञ) श्री ५ महाराजाधिराजका सम्बन्धमा प्रयोग गरिएको शब्दहरूले ः–

(क) २०१६ साल आषाढ १६ गते भन्दा पहिले भएको कामको सम्बन्धमाः–
(१) राजकीय परिषद् ऐन, २०१० र राजकीय परिषद् ऐन, २०११ बमोजिम बनेको राजकीय परिषद्, र
(२) २०११ साल फाल्गुण ७ गते श्री ५ महाराजाधिराजद्वारा बक्सेको अधिकार र शाही विशेषाधिकार प्रयोग गरी काम गरिबक्सने श्री ५ युवराजाधिराज, र
(३) राजकीय अधिकार प्रत्यायोजन ऐन, २०१२ बमोजिम नियुक्त भै बक्सेको राज प्रतिनिधि, र
(ख) २०१६ साल आषाढ १६ गतेदेखि २०१९ साल मार्ग मसान्तभित्र गरिएको वा गरिनुपर्ने कामका सम्बन्धमा नेपाल अधिराज्यको संविधानबमोजिम श्री ५ महाराजाधिराजको अधिकार प्रयोग गर्ने वा गर्न अधिकार पाएको व्यक्ति, र
(ग) २०१९ साल पौष १ गतेदेखि २०४७ साल कार्तिक २२ गतेसम्म गरिएको वा गरिनु पर्ने कामका सम्बन्धमा नेपालको संविधान बमोजिम अधिकार पाएको राज्य सहायक वा राज्य सहायक परिषद् वा उक्त संविधानको धारा

२२क. बमोजिम अधिकार प्रयोग गर्ने व्यक्ति वा व्यक्तिहरूलाई, र

(घ) २०४७ साल कार्तिक२३ गतेदेखि – २०६३ साल जेठ ३ गतेसम्म गरिएको वा गरिनु पर्ने कामका सम्बन्धमा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ३२ को उपधारा (२) बमोजिम अधिकार प्रयोग गर्ने राजप्रतिनिधि वा राजप्रतिनिधि परिषद्र धारा ३४ बमोजिम अधिकार पाएको राज्य सहायक वा राज्य सहायक परिषद्लाई समेत जनाउँछ ।
(ट) अचल सम्पत्ति–भन्नाले जग्गा जमीन, त्यसबाट हुने लाभ, जमीनमा जडिएका
चीजबस्तु समेत जनाउँछ ।

(ठ) नेपाल ऐन–यो शब्दले २००७ साल फाल्गुण ७ गते उप्रान्तजारी भएका कुनै ऐन र नेपाल अन्तरिम शासन विधान, २००७ वा नेपाल अधिराज्यको संविधान वा नेपालको संविधान वा नेपाल अधिराज्यको संविधान, २०४७ वा प्रतिनिधि सभाको घोषणा,२०६३ वा नेपालको अन्तरिम संविधान, २०६३ “वा नेपालको संविधान बमोजिम संघ, प्रदेश वा स्थानीय तहले बनाएको” भन्ने शब्दहरू राखिएका छन।

(ड) नेपाल कानून–यो शब्दले नेपाल ऐन वा नेपालको कुनै भागमा कानून सरह लागू हुने ऐन, सवाल, नियम, “आदेश, विनियम वा ऐन अन्तर्गत बनेका निर्देशिका वा कार्यविधि” भन्ने शब्दहरु राखिएका छन्।

(ढ) महिना–यो शब्दले नेपाली पञ्चागबमोजिम संक्रान्तिको हिसाब गणना गरिने महिना सम्झनु पर्छ ।

(ण) चल सम्पत्ति–यो शब्दले अचल सम्पत्ति बाहेक अरू हरेक किसिमको सम्पत्तिलाई सम्झनु पर्छ ।

(त) शपथ–यो शब्दले धर्म भाक्नको सट्टा ऐनले प्रतिज्ञा वा घोषणा गर्न पाउने व्यक्तिले गरेको प्रतिज्ञा वा घोषणालाई समेत जनाउँछ ।

(थ) कसूर–यो शब्दले प्रचलित कानून बमोजिम गरेमा वा नगरेमा सजाय हुने कार्य सम्झनु पर्छ ।

(द) भाग–यो शब्दले नेपाल ऐनमा “भाग” भनी लेखिएकोमा सो ऐनको भागलाई सम्झनु पर्छ ।

(ध) व्यक्ति–यो शब्दले संयुक्त भएको वा नभएको कुनै कम्पनी, संघ वा जनसमूह समेत जनाउँछ ।

(न) निर्धारित–यो शब्दले ऐनमा “निर्धारित” भनी लेखिएकोमा सो ऐन मुताविक बनेका नियमहरू मुताविक निर्धारित भएको सम्झनु पर्छ ।

(प) नियम–यो शब्दले कुनै ऐनले दिएको अख्तियारको प्रयोग गरी बनाएको नियम सम्झनु पर्छ तथा कुनै ऐन अन्तर्गत नियम सरह बनाएको विनियम समेतलाई जनाउँछ ।

(फ) अनुसूची–यो शब्दले ऐनमा “अनुसूची” भनी लेखिएकोमा सो ऐनको अनुसूची सम्झनु पर्छ ।

(ब) दफा–यो शब्दले ऐनमा “दफा” भनी लेखिएकोमा सो ऐनको दफा सम्झनु पर्छ ।

(भ) सहिछाप–यो शब्दले आफनो हस्ताक्षरले सही गर्न नजान्ने मानिसको हकमा उसको ल्याप्चे सही र सहीछापको व्याकरण अनुसारको रूपान्तर तथा त्यस्तै किसिमको शब्दहरू समेत जनाउँछ ।

(म) पुत्र (छोरा)–यो शब्दले ऐनमा धर्मपुत्र राख्न पाउनेले राखेको धर्मपुत्रलाई समेत जनाउँछ ।

(म१) “पुत्री” (छोरी)–यो शब्दले ऐनमा धर्मपुत्री राख्न पाउनेले राखेको धर्मपुत्रीलाई समेत
जनाउँछ ।

(य) उपदफा–यो शब्दले दफामा “उपदफा” भनी लेखिएकोमा सो दफाको उपदफा सम्झनु पर्छ ।

(र) इच्छापत्र–यो शब्दले बकसपत्र र मरेपछि सम्पत्ति पाउने गरी खुशीराजीले लेखी दिएको सबै लिखतलाई जनाउँछ ।

(ल) लिखित–यो शब्दले छापिएको, लिथो गरेको, तस्वीर खिचेको र अरू कुनै प्रकारले देखिने बुझिने आकारमा लेखिएका शब्दहरूलाई समेत सम्झनु पर्छ ।

(व) साल–यो शब्दले नेपाली पञ्चांग अनुसार गनिने अर्थात् बैशाख संक्रान्तिदेखि शुरु हुने साललाई सम्झनु पर्छ ।