दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “ट्रष्ट” भन्नाले दफा ३ बमोजिम स्थापित नेपाल ट्रष्ट सम्झनु पर्छ ।
(ख) “ट्रष्टको सम्पत्ति” भन्नाले दफा ४ बमोजिमको सम्पत्ति सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले दफा ७ बमोजिम गठन भएको ट्रष्ट सञ्चालक समिति (बोर्ड अफ ट्रष्टीज्) सम्झनु पर्छ ।
(घ) “सम्पत्ति” भन्नाले चल वा अचल, मूर्त वा अमूर्त, भौतिक वा अभौतिक सम्पत्ति सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।