नियम
परिभाषा

 विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा, यस नियमावलीमा,-

(क)   “मन्त्रालय” भन्नाले नेपाल सरकारका मन्त्रालय सम्झनु पर्छ र सो शब्दले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई जनाउँछ ।

(ख)    “मन्त्री” भन्नाले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री सम्झनु पर्छ र सो शब्दले स्वतन्त्र रूपमा मन्त्रालयको कार्यभार सम्हाल्ने राज्यमन्त्री समेतलाई जनाउँछ ।