नियम
परिभाषा

२. परिभाषा

विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “कोष” भन्नाले नियम ३ बमोजिम खडा भएको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले नियम ६ बमोजिमको कोष सञ्चालन समिति सम्झनु पर्छ ।
(ग) “दैवी प्रकोप” भन्नाले बाढी, पहिरो, आगलागी, भू–कम्प, आ“धीबेरी, अतिवृष्टी, अनावृष्टी, पशुपंक्षी तथा अन्य जीवबाट सरुवा भई आउने रोग वा सरुवा रोगको महामारी, प्राकृतिक कारणले हुने सडक दुर्घटना जस्ता दैवी प्रकोप सम्झनु पर्छ र सो शब्दले औद्योगिक दुर्घटना समेतलाई जनाउनेछ ।