दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “काउन्सिल” भन्नाले दफा ३ बमोजिम स्थापना भएको प्रेस काउन्सिल सम्झनु पर्छ ।
(ख) “सदस्य” भन्नाले काउन्सिलको सदस्य सम्झनु पर्छ र सो शब्दले काउन्सिलको अध्यक्ष समेतलाई जनाउँछ ।
(ग) “समिति” भन्नाले दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण संपरीक्षण समिति सम्झनु पर्छ ।
(घ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।