विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको बालबालिका (विकास तथा पुनस्र्थापना) कोष सम्झनु पर्छ ।
(ख) “विकास तथा पुनस्र्थापना कार्यक्रम” भन्नाले प्रचलित कानून बमोजिम कुनै प्रतिष्ठानमा काम गर्न नपाउने गरी निषेधित उमेरभित्र परेका बालबालिकाहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै निर्यातमूलक वा अन्य औद्योगिक प्रतिष्ठानमा संलग्न भएको पाइएमा त्यस्ता बालबालिकाहरूलाई शैक्षिक, बौद्धिक तथा स्वास्थ्य रूपमा विकास तथा पुनस्र्थापना गर्न यस नियमावली बमोजिम संचालन गरिने कार्यक्रम सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले नियम ७ बमोजिम गठन भएको कोषको संचालक समिति सम्झनु पर्छ ।
(घ) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष तथा सदस्य–सचिवलाई समेत जनाउँछ ।