२. परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा, –
(क) “समिति” भन्नाले दफा ३ बमोजिम गठित बूढानीलकण्ठ क्षेत्र विकास समिति सम्झनु पर्छ ।
(ख) “बूढानीलकण्ठ क्षेत्र” भन्नाले काठमाडौं जिल्ला अन्तर्गत देहायका क्षेत्रहरू सम्झनु पर्छ । ९ज्ञ० पूर्व– चपली भद्रकाली गाउँ विकास समितिको वडा नं. ५ को वागद्वार नागी गुम्बा, सोही गाउँ विकास समितिको वडा नं. ३ को देवीडाँडा, तौलुङ्ग जाने मूल सडकबाट सतरूद्रेश्वर र नौलिङ्गेश्वर भद्रकालीसम्म । ९द्द० पश्चिम– विष्णु बूढानीलकण्ड गाउँ विकास समितिको वडा नं. ६ को साँधमा पर्ने टोखा चण्डेश्वरी भगवती मन्दिरसम्म । ९घ० उत्तर– विष्णु बूढानीलकण्ठ गाउँ विकास समितिको वडा नं. ७ को टोखा स्वास्थ्य निवास जाने बाटो हुँदै विष्णु पादुका मन्दिर र चपली भद्रकाली गाउँ विकास समितिको वडा नं. ५ को सतरूद्रेश्वर महादेव मन्दिरसम्म ।
९द्ध० दक्षिण– चपली भद्रकाली गाउँ विकास समितिको तौलुङ्ग जाने बाटो हुँदै विष्णु बूढानीलकण्ठ गाउँ विकास समितिको वडा नं. २ हुँदै गङ्गादेव मन्दिर हुँदै खड्का भद्रकाली गाउँ विकास समितिको वडा नं. ३ र ५ को धरमपुर र खड्का भद्रकाली मन्दिर जाने बाटोसम्म ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।