दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –
(क) “कार्यकारी समिति”भन्नाले दफा ९ बमोजिमको कार्यकारी समिति सम्झनु पर्छ ।
(ख) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममातोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ग) “निर्देशक समिति” भन्नाले दफा ६ बमोजिमको निर्देशक समिति सम्झनु पर्छ ।
(घ) “पुनर्निर्माण” भन्नाले भूकम्पबाट भएको क्षतिको दिगो, दरिलो र योजनाबद्धरुपमा गरिने आर्थिक, सामाजिक वा भौतिक बिकास, नवनिर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्य सम्झनु र्पछ ।
(ङ) “परिषद्“ भन्नाले दफा ५ बमोजिमको राष्ट्रिय पुनर्निर्माणपरामर्श परिषद्सम्झनु पर्छ ।
(च) “प्रमुख कार्यकारी अधिकृत” भन्नाले दफा ११ बामोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ ।
(छ) “प्राधिकरण” भन्नाले दफा ३ बमोजिम स्थापनाभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्झनु पर्छ ।
(ज) “भूकम्प” भन्नाले सम्वत् २०७२ साल बैसाख १२ गते गएको भूकम्प र तत्पश्चातका परकम्प समेत सम्झनु पर्छ ।
(झ) “भूकम्पबाट प्रभावित क्षेत्र” भन्नाले भूकम्पका कारण व्यापक रुपमा मानविय वा भौतिक क्षति भईबिशेष प्रकृतिको योजना वा कार्यक्रम बिस्थापितहरुको पुनर्वास र भौतिक तथा सामाजिक एवंपुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्नु पर्ने भनी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै क्षेत्र सम्झनु पर्र्छ ।
(ञ) “सचिव” भन्नाले दफा १३ बामोजिमको प्राधिकरणको सचिव सम्झनु पर्छ ।