विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, –
(क) “ऐन” भन्नाले राष्ट्र ऋण ऐन, २०५९ सम्झनु पर्छ ।
(ख) “विभाग” भन्नाले बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभाग सम्झनु पर्छ ।
(ग) “ऋणपत्रको मुख्य भाग” भन्नाले ऋणपत्रको नाम, ऋणपत्रको क्रम संख्या, ऋणपत्रमा उल्लेख भएको मूल्य, ऋणपत्रको ब्याज प्रतिशत, ब्याज भुक्तानी दिने अङ्क, धनीको दस्तखत, ऋणपत्र प्रमाणित गर्ने अधिकारीको दस्तखत तथा छाप, ऋणपत्र, दरपीठ गर्ने वा भुक्तानी पाउने धनीको नाम लेखिएको वा नामसारी भएको कुरा उल्लेख भएको ऋणपत्र वा त्यसको कुनै अंश सम्झनु पर्छ ।
(घ) “समिति” भन्नाले नियम १७ को उपनियम (१) बमोजिम गठन भएको खुला बजार सञ्चालन समिति सम्झनु पर्छ ।
(ङ) “धनीको दस्तखत” भन्नाले सरकारी कार्यालय वा संगठित संस्था धनी भएको अवस्थामा त्यस्तो कार्यालय वा संगठित संस्थाको अधिकार प्राप्त अधिकारीको दस्तखत र त्यस्तो कार्यालय वा संस्थाको छाप समेत सम्झनु पर्छ ।