दफा २
परिभाषा
विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस ऐनमा,–
(क) “बोर्ड” भन्नाले दफा ३ बमोजिम स्थापना भएको राष्ट्रिय सहकारी विकास बोर्ड सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ७ बमोजिम गठन भएको कार्यकारी समिति सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सहअध्यक्ष” भन्नाले समितिको सहअध्यक्ष सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनुपर्छ र सो शब्दले समितिको अध्यक्ष, सहअध्यक्ष तथा सदस्य–सचिव समेतलाई जनाउनेछ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।