नियम २
परिभाषा
विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले विनिमेय अधिकारपत्र ऐन, २०३४ सम्झनुपर्छ ।
(ख) “लेख्य प्रमाणक (नोटरी पब्लिक)” भन्नाले ऐनको दफा १०६ बमोजिम नियुक्त भएको वा तोकिएको व्यक्ति सम्झनुपर्छ
(ग) “लेख्य दर्ता किताब (नोटरी रजिष्टर)” भन्नाले नियम ८ बमोजिमको लेख्य दर्ता किताब सम्झनुपर्छ ।
(घ) “कार्यालय” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको कार्यालय, निकाय वा संस्था सम्झनुपर्छ ।