दफा
परिभाषा

२. परिभाषाः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,–

(क) “आयोग” भन्नाले दफा ३ बमोजिम गठित सुदुर पश्चिम विकास आयोग सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले आयोगको अध्यक्ष सम्झनु पर्छ ।
(ग) “सदस्य” भन्नाले आयोगको सदस्य सम्झनु पर्छ र यो शब्दले आयोगको अध्यक्ष एवं सदस्य सचिवलाई समेत जनाउनेछ ।
(घ) “परिषद्” भन्नाले दफा ९ बमोजिमको सुदुर पश्चिम विकास परिषद् सम्झनु
पर्छ ।
(ङ) “सचिवालय” भन्नाले आयोगको सचिवालय सम्झनु पर्छ ।
(च) “सुदुर पश्चिम क्षेत्र” भननाले सुदुर पश्चिमका डोटी, अछाम, बाजुरा, बझाङ्ग, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला सम्झनु पर्छ ।
(छ) “कार्यकारी निर्देशक” भन्नाले दफा २१ बमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ज) “कर्मचारी” भन्नाले आयोगमा कार्यरत कर्मचारी सम्झनु पर्छ ।
(झ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस आदेशअन्तर्गत आयोगले जारी गरेको निर्देशिका वा कार्यविधिमा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।