नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा :—
(क) “अत्यावश्यक दैनिक उपभोग्य वस्तु” भन्नाले दैनिक जीवनमा उपभोग हुने नुन, तेल, चिनी, चामल लगायतका खाद्यान्न, मट्टीतेल तथा ग्याँस सम्झनु पर्छ र सो शब्दले दैनिक जीवनमा उपभोग हुने यस्तै अन्य अत्यावश्यक दैनिक उपभोग्य वस्तु समेतलाई जनाउँछ ।
(ख) “अनुगमन समिति“ भन्नाले नियम ७ बमोजिम गठित पसल व्यवस्थापन तथा अनुगमन समिति सम्झनु पर्छ ।
(ग) “ऐन” भन्नालेसहकारी ऐन, २०४८ सम्झनु पर्छ ।
(घ) “पसल” भन्नाले सहकारी संस्थाले सञ्चालन गरेको सुपथ मूल्यको सहकारी पसल सम्झनु पर्छ ।
(ङ) “समिति” भन्नालेनियम ६ बमोजिमको समन्वय समिति सम्झनु पर्छ ।
(च) “सहकारी संस्था” भन्नालेऐन बमोजिम दर्ता भएका सहकारी संस्था सम्झनु पर्छ ।