नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमा–
(क) “प्राविधिक पद” भन्नाले नेपाल सरकारले तोकिदिएको नेपाली सेनाको पद सम्झनु पर्छ ।
(ख) “प्रवर समिति” भन्नाले नियम ४ अन्तर्गत गठन गरिने समिति सम्झनु पर्छ ।
(ग) “प्रिन्सिपल स्टाफ अधिकृत” भन्नाले व्यवसाय सम्बन्धित र आ. हे. क्वा. को मुख्य सिनियर अधिकृत सम्झनु पर्छ ।